यस्ता छन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक २३.६४ अंकले घटेर १९०८.०४ अंक विन्दुमा आइपुगेको छ ।

आज ३१ लाख ४४ हजारको कित्ता सेयर ९२ करोड ७८ हजारमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड २ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ३३ लाख, एनआईसी एसिया बैंकको ३ करोड ११ लाख, माछापुच्छे« बैंकको २ करोड ६७ लाख र हिमालयन डेष्टिलरीको २ करोड ६३ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स