थ्री स्टार हाइड्रोपावरले वैशाख ११ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले ४ लाख ९२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित खोटाङ जिल्लाका आयोजना प्रभावितलाई निष्कासन गर्ने छ। यसमा हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ११ सम्मका स्थानीय, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको वडा १ देखि वडा नम्बर ७ सम्मका स्थानीयले आवेदन दिन सक्ने छन् । त्यस्तै कम्पनीले ७३ हजार ८ सय ७५ कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्कासन गर्ने छ।

आयोजना प्रभावितले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ४ लाख ९२ हजार ५ सय कित्ताको लागि आवेदन दिन सक्ने छन्। त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७३ हजार ८ सय ७५ कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

स्थानीयले छिटोमा वैशाख २५ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा जेठ ९ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने वैशाख २५ गतेसम्म मात्र आवेदन दिन सकने छन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई सेयर निष्कासन गरि बाँडफाँट गरेपछि कम्पनीले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने छ ।

कम्पनीले खोटाङ जिल्लाको सपसुप खोलामा ६.६ मेगावाटको सपसुप खोला स्मल हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८ पुस २३ गतेबाट व्यापरिक उत्पादन गरिरहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स