काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा ११.६० गुणा बढी आवेदन परेको छ। आइतबार साँझ ५ः११ बजेसम्ममा १३ लाख ३९ हजार ४४० आवेदकबाट १ अर्ब ४७ करोड ६२ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ६२ हजार ६२० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।
जुन सर्वसाधारणलाई निष्कासन गरेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयरको ११.६० गुणा बढी हो ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण हुनेछ । जसअनुसार १ लाख २७ हजार १८६ आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाउनेछन् ।
कम्पनीले गत चैत २८ गतेदेखि आज वैशाख ३ गतेसम्म आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो । जसअनुसार १०० अंकित दरका कुल १० लाख ७२ हजार ९७२ कित्ता जारी भएको छ।
कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरि सकेको छ।
बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।