३ कम्पनीमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ अंक विन्दुमा आइपुगेको छ ।

आज ३० लाख ५६ हजारको कित्ता सेयर ९७ करोड ४५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७० वटा कम्पनीको सेयर मूल्य बढ्दा १३९ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आदर्श लघुवित्त, मोलुङ हाइड्रोपावरमा ९.९९% र कालिन्चोक दर्शनमा ९.९८ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

तारागाँउ रिजेन्सीमा ७.४३%, धौलागिरी लघुवित्तमा ५.६४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, एसियन हाइड्रोपावरको ७.८३%, सगरमाथा जलविद्युुतको ६.७६%, आरबीबी म्युचअल फण्ड १को ५.१३%, महुली लघुवित्तको ४.५९% र ग्रामीण विकास लघुवित्तको ४.४२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स