काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज दिउँसो सेयर बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १२ लाख ५४ हजार ६ वटा आवेदन परेको थियो । तीमध्ये ११ लाख ५३ हजार ५ सय ८३ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । जस मध्ये पनि योग्य आवेदकको संख्या ११ लाख ४९ हजार १ सय ५१ रहेको क्यापिटलले जनाएको छ ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । गोलाप्रथाबाट १ लाख ३४ हजार ६ सय ९९ जनाले सेयर पाएका छन् । यी मध्ये ३ जनाले ११ कित्ताको दरले सेयर पाएका छन् भने १ लाख ३४ हजार ९६ जनाले १० कित्ताको दरले सेयर पाएका छन्।
कम्पनीको आईपीओ प्रकाशन भएको केहि समयपछि यी ३ तरिकाबाट हेर्न सकिने छ।
१. बिक्री प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट https://nicasiacapital.com/
२.सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,,
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/
मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।
कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म आईपीओ बिक्री गरेको थियो । कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख ८८ हजार १०७ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।
जसमध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीहरुका लागि सुरक्षित गरिएको सेयर बाँडफाँट गरिसकेको छ । ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले कुल १३ लाख ४६ हजार ९९३ कित्ता सेयरका लागि आवेदन दिएका छन् ।