नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन बोर्डले निकाल्यो सूचना

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन धितोपत्र बोर्डले आज १० दिने सूचना प्रकाशित गरेको छ । बोर्डका अध्यक्ष डा. रमेश हमालले बोर्डबाट निर्णय गराएर आज सूचना प्रकाशित गर्दै नयाँ स्टक एक्सचेन्जको लागि १० दिन भित्र आवेदन दिन भनेका छन् ।

प्रकाशित सूचना अनुसार यसअघि असोज २ गते प्रकाशित सूचना बमोजिम सर्वोच्च अदालतमा मुद्दा परेर रोकिई बाँकी रहेको म्याद भन्दै १० दिने सूचना प्रकाशित गरिएको छ ।

बोर्डले एक स्टक एक्सचेञ्ज र दुई कमोडिटी एक्सचेञ्ज खोल्नका लागि इच्छुक कम्पनीहरूसँग आवेदन माग गरेको थियो । बोर्डले लगानीकर्ताहरूले माग गरिरहेको नयाँ ब्रोकर लाइसेन्स, स्टक लाइसेन्स, कमोडिटी एक्सचेन्जको लाइसेन्स समेत वितरण गर्न लागिएको हो ।

सर्वोच्च अदालतले सो सम्बन्धमा परेका सबै मुद्दाहरू खारेज गरेपछि बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्ने बाटो खुल्ला भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स