गुराँस लघुवित्तले सेयरधनीलाई १७.७८ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १७.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको असोज १० गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले आव २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम रहेको चुक्तापुँजी ८ करोड ३४ लाखको १६.७० प्रतिशतले हुन आउने रकम १ करोड ४१ लाख रुपैयाँ बराबरको बोनस र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८८ प्रतिशतले हुन आउने ७ लाख ४२ हजार १०५ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स