नेप्सेमा सगरमाथा जलविद्युत र मोलुङ हाइड्रोपावरको सेयर कारोबार सुरु, कुन मूल्यमा भयो पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सगरमाथा जलविद्युत कम्पनी र मोलुङ हाइड्रोपावर कम्पनीको सेयर कारोबार सुचारु भएको छ । बिहिबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि कम्पनीको कारोबार सुचारु भएको हो ।

सगरमाथा जलविद्युत कम्पनीको पहिलो कारोबार ३३४ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १११.४१ रुपैयाँदेखि ३३४.२३ रुपैयाँसम्मको रेन्ज तोकेको थियो। यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा उच्चतम बिन्दुबाट नै कारोबार सुरु भएको हो । कम्पनीको ‘SMJC’ सिम्बलबाट कारोबार भएको छ।

त्यस्तै, मोलुङको पहिलो कारोबार १४१ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ६०.६२ रुपैयाँदेखि १८१.८६ रुपैयाँसम्मको रेन्ज तोकेको थियो। यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा १४१ रुपैयाँबाट कारोबार सुरु भएको हो । कम्पनीको ‘MHCL’ सिम्बलबाट कारोबार भएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स