काठमाडौं । सेयर बजारमा उछाल आएको छ ।
बुधबार, नेप्से परिसूचक ९२.२२ अंकले बढेर १९६३.५५ अंक विन्दुमा आइपुगेको छ ।
आज ६१ लाख ७ हजारको कित्ता सेयर १ अर्ब ९७ करोड ६० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २१८ वटा कम्पनीको सेयर मूल्य बढेको छ ।
त्यसैगरि, समृद्धि इक्विटी फण्ड, सिटिजन म्यचुअल फण्ड १, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड, आदर्श लघुवित्त, खप्तड लघुवित्तमा १०% , कालिन्चोक दर्शनमा ९.९८%, गणपति लघुवित्तमा ९.९७% प्रतिशले सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, बलेफी हाइड्रोपावरमा ९.६७%, सबैको लघुवित्तमा ९.५३% र सयपत्री हाइड्रोपावरमा ९.३९ प्रतिशतले सेयर मूल्य बढेको छ ।