नेप्सेमा मोलुङ हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार कम्पनीको ८० लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ६०.६२ रुपैयाँदेखि १८१.८६ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेको छ । कम्पनीको ‘MHCL’ सिम्बलबाट कारोबार हुने छ।

सेयर सूचीकृत भएसँगै बिहिबारबाट कम्पनीको सेयर कारोबारमा आउने छ। बिहिबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको सेयर कारोबार हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स