मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँट, २ जनाले पाए ११ कित्ता सेयर,यसरी हेर्नुस् नतिजा

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज दिउँसो क्यापिटल कै कार्यालयमा आईपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १३ लाख ४० हजार ८ सय ५१ जनाबाट १ करोड ४९ लाख ३८ हजार ९० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये योग्य आवेदकको संख्या १२ लाख ८१ हजार ४ सय २ कायम भएको छ भने ५९ हजार ४ सय ४९ जनाको आवेदन रद्द भएको छ ।

माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ । जसअनुसार १ लाख ३३ हजार ७३० जनाले मात्रै १० कित्ता सेयर पाउनेछन् भने भाग्यमानी २ जनाले थप १(१ कित्ता सेयर पाउनेछन्। ११ लाख ९२ हजार ११७ जनाको भने हात खाली भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि चैत १९ गतेदेखि आज चैत २२ गतेसम्म २२ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो ।

जसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । यो मध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १३ लाख ३७ हजार ३०२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् । यसअघि यस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरिसकेको छ ।

आईपीओको नतिजा प्रकाशन भएको केही समयपछि यसरी हेर्न सकिने छ ।
१. बिक्री प्रबन्धकको वेबसाइट : https://www.prabhucapital.com/,
२. सीडीएससीकोमेरोशेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login,
३..सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट : iporesult.cdsc.com.np/
मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स