जलविद्युत कम्पनीले आयोजना निर्माणका लागि १ः२ हकप्रद जारी गर्न पाउने

काठमाडौं । जलविद्युत कम्पनीहरुले आयोजना निर्माणका लागि हकप्रद सेयर जारी गर्न सक्ने भएका छन् । विद्युत नियमन आयोगले ’विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८’ स्वीकृत गर्दै सो व्यवस्था गरेको हो ।

अनुमति प्राप्त कम्पनीले आफु मुख्य कम्पनीको हैसियतमा ५१ प्रतिशत वा सो भनदा बढी सेयर रहनेगरी आफ्नो मातहतको आयोजनामा वा आफ्नो सहायक कम्पनीको आयोजनामा वा नयाँ सहायक कम्पनी स्थापनागरी आयोजना निर्माणको लागि संस्थागत लगानी गर्न १ः२ हकप्रद सेयर निष्काशन गर्न सक्नेछ ।

आफु मुख्य कम्पनीको हैसियतमा हुने बाहेकका अन्य अनुमतिपत्र प्राप्त कम्पनीले निर्माण गरिरहेको वा गर्न गइरहेको आयोजनामा ५० प्रतिशत भन्दा कम सेयर लगानी गर्ने प्रयोजनका लागि १ः१ हकप्रद सेयर निष्काशन गर्न सक्नेछन् ।
हकप्रद सेयर जारी गर्ने कम्पनीले विद्युतको व्यापारिक उत्पादन शुरु गरेको हुनु पर्नेछ ।

मुख्य कम्पनीिले सहायक कम्पनीको चुक्ता पुँजीको ५१ प्रतिशत वा सोभन्दा बढी अंश ग्रहण गरेको हुनु पर्नेछ । आयोजना निर्माणका लागि विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भएको हुनु पर्नेछ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र प्राप्त भएको हुनु पर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स