मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँट हुने मिति तय, कति जनाको हात पर्देछ सेयर ?

काठमाडौं ।  मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले भोलि चैत्र २९ गते बुधबार दिउँसो १ः३० बजे क्यापिटल कै कार्यालयमा आईपीओ बाँडफाँट गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि चैत १९ गतेदेखि आज चैत २२ गतेसम्म २२ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो ।

जसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १३ लाख ३७ हजार ३०२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् । यसअघि यस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरिसकेको छ ।

कम्पनीको आईपीओमा अन्तिमदिन सम्म ११.०१ गुणा बढी आवेदन परेको थियो ।

माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ । जसअनुसार १ लाख ३३ हजार ७३० जनाले मात्रै १० कित्ता सेयर पाउनेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले मकर जितुमाया सुरीको आइपीओलाई औसत जोखिम आधार जनाउने ‘केयर एनपी डबल बी’ रेटिङ दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स