नेप्से २७ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक २७.३१ अंकले बढेर १८७१.३३ अंक विन्दुमा आइपुगेको छ ।

आज ३३ लाख १५ हजारको कित्ता सेयर ९४ करोड ५२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कालिञ्चोक दर्शनमा १०% र आर्दश लघुवित्तमा ९.६९ प्रतिशतको सकारात्मक सर्किट लागेको छ। श्रीजनशील लघुवित्तमा ७.६८%, युनिक नेपाल लघुवित्तको ७.४३%, छ्याङ्दीको ७.४३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरमा ३.५४%, प्राइम डिभेन्चरमा २.३७%, एनसीसी डिभेन्चर २०८६मा २%, एनआइबिएल प्रगती फण्डमा १.९९% र सानिमा फण्डमा १.९६ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स