सेयर बजार राताम्मे हुँदा पनि यी कम्पनीको मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सेञ्ज (नेप्से) ६१.२७ अंकले घटेर २७५८.४८ विन्दुमा रहेको छ । आइतबार सेन्सेटिभ इन्डेक्स पनि १०.७ अंकले घटेको छ ।

२३३ कम्पनीका ७३ हजार ६९३ पटक सेयर कारोबार भएको छ । १ करोड ४४ लाख ९४ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ ।

म्युचुअल फण्ड बाहेक सबै उप समूह घटेका छन् ।

मनकामना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज साताको पहिलो दिन आइतबार १० प्रतिशतले बढेकोे छ । गत साता बिहीबार कम्पनीको सेयर प्रति कित्ता १३१७.२० रुपैयाँमा कारोवार भएको थियो भने आज १४४८.९० रुपैयाँमा भएकोे छ । कम्पनीको सेयर मूल्य १३१.७० रुपैयाँले बढेको छ ।

मैंलुङ खोला जल विद्युत कम्पनीको सेयर मूल्य आज आइतबार ६.०३ प्रतिशतले बढेको छ । गत बिहीबार कम्पनीको सेयर प्रति कित्ता १९४ रुपैयाँमा खरिद बिक्री भएकोमा आज आईतबार २०५.७० रुपैयाँमा कारोबार भएको छ ।

सिटिजन म्यूचुअल फण्ड-१ को सेयर मूल्य आज आइतबार ३.०४ प्रतिशतले बढेको छ । बिहीबार प्रति कित्ता १०.०१ रुपैयाँमा कारोवार भएकोमा आज आइतबार १०.३५ रुपैयाँमा कारोबार भएको छ ।

सन् राईज फष्ट म्युचुअल फण्डको सेयर मूल्य आज आइतबार प्रति कित्ता ११.०५ रुपैयाँमा कारोवार भएको छ भने गत विहीबार १०.८० रुपैयाँमा भएको थियो ।

कामना सेवा विकास बैंकको सेयर मूल्य आज आइतबार प्रति कित्ता ६९१ रुपैयाँमा कारोबार भएको छ भने गत बिहीबार प्रति कित्ता सेयरको मूल्य ६७८ मा भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स