नेप्से ५ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार, नेप्से परिसूचक ५.५४ अंकले बढेर १८४४.०२ अंक विन्दुमा आइपुगेको छ ।

आज २९ लाख ६० हजारको कित्ता सेयर ९१ करोड १९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड ८४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सानिमा मीडल तमोरको ६ करोड ६५ लाख, एनआइसी एसिया बैंकको २ करोड ७० लाख, नबिल बैंकको २ करोड ७० लाख र हिमालयन डेष्टिलरीको २ करोड २४ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स