नेप्सेमा सानिमा मिडिल तमोर हाइड्रोको सेयर कारोबार सुरु, कुन मूल्यमा भयो पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा मिडिल तमोर हाइड्रोको सेयर कारोबार सुचारु भएको छ । सोमबार स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि कम्पनीको नियमित कारोबार सुचारु भएको हो।

कम्पनीको पहिलो कारोबार प्रति कित्ता २९५ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९८.४३ रुपैयाँदेखि २९५.२९ रुपैयाँसम्मको रेन्ज तोकेको थियो। यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा उच्चतम बिन्दुबाट नै पहिलो कारोबार सुरु भएको हो ।

कम्पनीको ‘TAMOR’ सिम्बलबाट कारोबार भएको छ।

आइतबार कम्पनीको ३ करोड ३३ लाख २५ हजा कित्ता सेयर सूचीकृत भएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स