भुगोल इनर्जिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । भुगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत २७ गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो।

कम्पनीको आईपीओमा चैत २६ गते साँझ ५ः०५ बजेसम्म ९ लाख ४८ हजार २०५ आवेदकबाट कुल १ करोड ७ लाख ३२ हजार ३५० कित्ता सेयर माग भएको सीडीएससीले जनाएको छ । जुन मागभन्दा ७.९७ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण उक्त आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुने छ। जसमा भाग्यमानी १ लाख ३४ हजार ६९९ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै भाग्यमानीमध्ये ३ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख ८८ हजार १०७ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

जसमध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीहरुका लागि सुरक्षित गरिएको सेयर बाँडफाँट गरिसकेको छ । ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले कुल १३ लाख ४६ हजार ९९३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रबर्धन गरिरहेको ३.७५ मेगावाटको द्वारी खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ रहेको छ ।

सो जलविद्युत आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २०.४१ वर्ष रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति २५ वर्ष बाँकी रहेको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स