सोमबार मध्य भोटेकोशीको आईपीओ बाँडफाँड हुने

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्र तथा सिन्धुपाल्चोकको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरेको गरेको आईपीओ भोलि (असोज ११ गते) बाँडफाँड हुँदैछ ।

आईपीओ बाँडफाँड सोमबार बिहान ९ बजे काठमाडौंको नक्सालस्थित सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा हुनेछ ।

कम्पनीले आयोजना प्रभावित तथा सिल्धुपाल्चोकको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई कूल ६० लाख कित्ता सेयर जारी गरेको थियो । जसमध्ये आयोजना प्रभावितलाई १८ लाख र स्थानीयलाई ४२ लाख कित्ता सेयर छुट्टाइएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स