नेप्सेमा दुई कम्पनीको साढे १० लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र ङादी ग्रुप पावरको कुल १० लाख ६९ हजार ५६४.२२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

जसअनुसार, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २.४० प्रतिशत दरका कुल २ लाख ३० हजार ८२ कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको ४.७५ प्रतिशत दरका कुल ८ लाख ३९ हजार ४८२.२२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स