नबिल बैंकसहित यस्ता छन् आज सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक २८.३१ अंकले घटेर १८३८.४८ अंक विन्दुमा आइपुगेको छ ।

आज ३८ लाख ४३ हजारको कित्ता सेयर १ अर्ब १५ करोड ९४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ७८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ५ करोड ७८ लाख, हिमालयन डेष्टिलरीको ३ करोड ४७ लाख, ग्लोबल आईएमई बैंकको ३ करोड २६ लाख, ग्लोबल आईएमई बैंक प्रमोटर सेयरको २ करोड ५४ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स