नेप्सेमा सानिमा मिडिल तमोर हाइड्रोको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा मिडिल तमोर हाइड्रोको सेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको ३ करोड ३३ लाख २५ हजा कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९८.४३ रुपैयाँदेखि २९५.२९ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेको छ । कम्पनीको ‘TAMOR’ सिम्बलबाट कारोबार हुने छ।

सेयर सूचीकृत भएसँगै सोमबारबाट कम्पनीको सेयर कारोबार गर्न सकिने भएको छ। सोमबारको स्पेसल प्रि-ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको सेयर कारोबार हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स