नेप्से ६१ अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सेञ्ज (नेप्से) ६१.२७ अंकले घटेर २७५८.४८ विन्दुमा रहेको छ । आइतबार सेन्सेटिभ इन्डेक्स पनि १०.७ अंकले घटेको छ ।

२३३ कम्पनीका ७३ हजार ६९३ पटक सेयर कारोबार भएको छ । १ करोड ४४ लाख ९४ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ ।

म्युचुअल फण्ड बाहेक सबै उप समूह घटेका छन् ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ । आईसीएफसी फाइनान्सको सेयर मूल्य ८.९८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स