दुई कम्पनीमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ८.२८ अंकले घटेर १८६६.७९ अंक विन्दुमा आइपुगेको छ ।

आज २८ लाख ७० हजारको कित्ता सेयर ९२ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६५ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कालिन्चोक दर्शनमा ९.९८% र सिटिजन्स म्युचुअल फण्डमा ९.९४ प्रतिशतले सर्किट लागेको छ ।

ग्लोबल आइएमई लघुवित्तमा ५.४२%, नाडेप लघुवित्तमा ४.६५% र नेपाल ल्युव आयलमा ४.०२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सामलिङ पावरको ७.४३%, खप्तड लघुवित्तमा ५.८७%, सानिमा ग्रोथ फण्डमा ५.७५%, आदर्श लघुवित्तमा ५.७४%, लक्ष्मी लघुवित्तमा ४.६३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स