काठमाडौं । सेयर बजारमा गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक ८.२८ अंकले घटेर १८६६.७९ अंक विन्दुमा आइपुगेको छ ।
आज २८ लाख ७० हजारको कित्ता सेयर ९२ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६५ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४ करोड ९२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल रि इन्स्योरेन्सको २ करोड ९६ लाख, नबिल बैंकको २ करोड ९४ लाख, हिमालयन डेष्टिलरीको २ करोड ३८ लाख, एनआईसी एसिया बैंकको २ करोड १३ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।