नेप्सेमा हरियाली छाएसँगै यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बुधबार, नेप्से परिसूचक ८.३९ अंकले बढेर १८७५.०७ अंक विन्दुमा आइपुगेको छ ।

आज २६ लाख २ हजारको कित्ता सेयर ८१ करोड ६० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६४ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कालिन्चोक दर्शन लिमिटेडको सेयरमा ९.९७ प्रतिशतको सर्किट लागेको छ । सानिमा ग्रोथ फण्डको ८.०७, लक्ष्मी लघुवित्तको ७.४१, समता घरेलु लघुवित्तको ६.२२ र गुराँस लघुवित्तको ५.८४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड १ को ७.१४, न्यादी हाइड्रोपावरको ४.५८, सिटिजन्स म्युचुअल फण्ड २ को ३.५६, श्वेतगँगा हाइड्रोपावरको ३.२१ र सिद्वार्थ प्रिमियर इन्स्योरेन्सको २.६० प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स