नेप्से ८ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजारमा आज हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक ८.३९ अंकले बढेर १८७५.०७ अंक विन्दुमा आइपुगेको छ ।

आज २६ लाख २ हजारको कित्ता सेयर ८१ करोड ६० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६४ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड ४३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको २ करोड ३५ लाख, गुराँस लाइफ इन्स्योरेन्सको २ करोड २१ लाख, एनआईसी एसिया बैंकको १ करोड ८६ लाख र हिमालयन डेष्टिलरीको १ करोड ५१ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स