काठमाडौं । थ्री स्टार हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चैत्र १७ गते कम्पनीलाई सेयर निष्कासनको लागि अनुमति प्रदान गरेको हो ।
बोर्डबाट अनुमति पाएसँगै कम्पनीले १२ करोड ३१ लाख २५ हजार बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता सेयर निष्कासन गर्ने छ। उक्त सेयर आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई निष्कासन हुने छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।
कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै साउन १७ गते आवेदन दिएको थियो ।
कम्पनीले खोटाङ जिल्लाको सपसुप खोलामा ६.६ मेगावाटको सपसुप खोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।