काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको आईपीओ चैत २० गते बाँडफाँट गरेको हो ।
कम्पनीले आफ्नो १०० रुपैयाँ अंकित दरका जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्कासन गरेकोमा उक्त सेयर बाँडफाँट गरेको हो ।
कुल ५ लाख ४२ हजार ५८३ कित्तामध्ये आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला (साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गा.वि.स)का बासिन्दाहरुका लागि २ लाख ७१ हजार २९२ कित्ता सेयर तथा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर बिक्री खुल्ला गरेकोमा रितपूवर्क आवेदन दिने आवेदकलाई माग बमोजिम सेयर बाँडफाँट गरिएको हो ।
उक्त सेयर बाँडफाँँट सम्बन्धी विवरण हेर्नको लागि कम्पनीको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको वेबसाइट https://www.nicasiacapital.com/ र सिडिएसले आईपी नतिजा हेर्न संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मार्फत हेर्न सकिनेछ ।