काठमाडौं । साताको तेस्रो दिन पनि नेप्सेमा गिरावट आएको छ ।
मंगलबार, नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ अंक विन्दुमा आइपुगेको छ ।
आज २९ लाख ७१ हजारको कित्ता सेयर ९१ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११६ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ३६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, एनआईसी एसिया बैंकको ३ करोड २८ लाख, सिद्वार्थ प्रिमियर इन्स्योरेन्सको २ करोड ८६ लाख, हिमालयन बैंकको २ करोड ५५ लाख र हिमालयन डेष्टिलरीको २ करोड ४८ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।