२० कम्पनीको ५ अर्ब ९० करोडको आईपीओ आउँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २० वटा कम्पनीले ५ अर्ब ९० करोड ७७ लाख ५५ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न आवेदन दिएका छन् । २० वटा कम्पनीले ५ करोड २३ लाख ५७ हजार ५५८ कित्ता सेयर जारी गर्न लागेका हुन् ।

जसमा ४ वटा माइक्रो फाइनान्स, इन्स्योरेनस २ वटा, अन्य २ वटा र हाईड्रोपावर कम्पनी १२ वटा छन् ।

सयपत्री हाईड्रोपावरले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले २०७७ फागुन २० गते आईपीओ जारी गर्न सेबोनमा आवदेन दिएको छ । कम्पनीको इस्यु म्यानेजरमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

अपर सोलु हाइड्रो इलेक्ट्रिकले ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आईपीओका लागि २०७७ चैत १६ गते आवेदन दिएको थियो । कम्पनीको इस्यु म्यानेजरमा एनएमबि क्यापिटल रहेको छ ।

अपर हेवाखोला हाइड्रोपावरले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आईपीओका लागि २०७८ जेष्ठ २ गते आवेदन दिएको थियो । कम्पनीको इस्यु म्यानेजरमा एनएमबि क्यापिटल रहेको छ ।

इमर्जीङ नेपालले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनका लागि २०७८ जेष्ठ २ गते आवेदन दिएको थियो । कम्पनीको इस्यु म्यानेजरमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

जलपा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख हजार रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनका लागि २०७८ असार २० गते आवेदन दिएको थियो । कम्पनीको इस्यु म्यानेजरमा प्रभु क्यापिटल रहेको छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय सस्थाले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनका लागि २०७८ असार २४ गते आवेदन दिएको थियो । कम्पनीको इस्यु म्यानेजरमा प्रभु क्यापिटल रहेको छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय सस्थाले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनका लागि २०७८ असार २४ गते आवेदन दिएको थियो । कम्पनीको इस्यु म्यानेजरमा प्रभु क्यापिटल रहेको छ ।

मोलुङ्ग हाइड्रोपावरले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनका लागि २०७८ साउन १ गते आवेदन दिएको थियो । कम्पनीको इस्यु म्यानेजरमा सन् राईज क्यापिटल रहेको छ ।

रिलायवल लाइफ इन्स्योरेन्सलले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनका लागि २०७८ साउन १२ गते आवेदन दिएको थियो । कम्पनीको इस्यु म्यानेजरमा सभिल क्यापिटल रहेको छ । कम्पनीे सेयर मूल्य २१२ रुपैयाँ तोकिएको छ । प्रिमियम मूल्य ११२ रुपैयाँ छ ।

उपकार लघुवित्त वित्तीय संस्थाले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनका लागि २०७८ साउन १३ गते आवेदन दिएको थियो । कम्पनीको इस्यु म्यानेजरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

रिभर फल्स पावरले ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनका लागि २०७८ साउन १३ गते आवेदन दिएको थियो । कम्पनीको इस्यु म्यानेजरमा प्रभु क्यापिटल रहेको छ ।

थ्रि स्टार हाइड्रोपावरले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनका लागि २०७८ साउन १७ गते आवेदन दिएको थियो । कम्पनीको इस्यु म्यानेजरमा हिमालयन क्यापिटल रहेको छ ।

राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनले २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनका लागि २०७८ भदौ ८ गते आवेदन दिएको थियो । कम्पनीको इस्यु म्यानेजरमा सिद्धार्थ क्यापिटल रहेको छ ।

डिस मिडिया नेटवर्कले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनका लागि २०७७ असार ३० गते आवेदन दिएको थियो । कम्पनीको इस्यु म्यानेजरमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

आईएमई लाईफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनका लागि २०७८ जेष्ठ ३१ गते आवेदन दिएको थियो । कम्पनीको इस्यु म्यानेजरमा सिभल क्यापिटल रहेको छ ।

दोर्दी खोला जलविद्युतले २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनका लागि २०७८ बैशाख २१ गते आवेदन दिएको थियो । कम्पनीको इस्यु म्यानेजरमा सिद्धार्थ क्यापिटल रहेको छ ।

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनका लागि २०७६ असोज १९ गते आवेदन दिएको थियो । कम्पनीको इस्यु म्यानेजरमा सानिमा क्यापिटल रहेको छ ।

हिमालयन हाइड्रोपावरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनका लागि २०७७ असोज १४ गते आवेदन दिएको थियो । कम्पनीको इस्यु म्यानेजरमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

बलेफी हाइड्रोपवारले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनका लागि २०७७ फागुन २५ गते आवेदन दिएको थियो । कम्पनीको इस्यु म्यानेजरमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

ग्रिन भेन्चरले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनका लागि २०७७ फागुन २८ गते आवेदन दिएको थियो । कम्पनीको इस्यु म्यानेजरमा लक्ष्मि क्यापिटल रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स