काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज )असोज १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (असोज ११) गते बुकक्लोज गर्दैछ ।
आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव छ ।
कम्पनीले असोज २४ गते २४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। सो सभा कम्पनीको सभाकक्षमा भर्चुअल जुम एपबाट बिहान ११ बजे शुरु हुनेछ ।
सभाले बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुँजीको १ बराबर ०.५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।