कालिन्चोक दर्शनको सेयरमा सकरात्मक सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक १६.६७ अंकले घटेर १८७१.८८ अंक विन्दुमा आइपुगेको छ ।

आज २८ लाख २९ हजारको कित्ता सेयर ९२ करोड २ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७३ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कालिन्चोक दर्शनको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

माहुली लघुवित्तको ३.१६%, विशाल बजारको २.५०%, एनआईसी एशिया ग्रोथ फण्डको २.४८% र एसबीएफ डिभेञ्चर फण्ड ८४को २ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, प्रभु बैंकको डिभेन्चरमा १० प्रतिशतले नकरात्मक सर्किट लागेको छ । एशियन हाइड्रोपावरको ५.०३%, माया खोला हाइड्रोपावरको ४.८१%, जाल्पा सामुदायिक लघुवित्तको ४.४७%, सामुदायिक लघुवित्तको ४.३० प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स