आज नबिल बैंक सहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक १६.६७ अंकले घटेर १८७१.८८ अंक विन्दुमा आइपुगेको छ ।

आज २८ लाख २९ हजारको कित्ता सेयर ९२ करोड २ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७३ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ६२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनआईसी एसिया बैंकको २ करोड ९३ लाख, ग्लोबल आईएमई बैंकको २ करोड ५३ लाख, हिमालयन डेष्टिलरीको २ करोड १७ लाख र अपी पावरको २ करोड ६ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स