नेप्सेमा एक लघुवित्त सहित दुई कम्पनीको साढे १० लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्त सहित दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार वीन नेपाल लघुवित्त र आइएमई जनरल इन्स्योरेन्सको कुल १० लाख ८८ हजार ६ सय ५०.८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

जसअनुसार, वीन नेपाल लघुवित्तको ९.३३ प्रतिशत दरका कुल ६७ हजार ६५० कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै, आइएमई जनरल इन्स्योरेन्सको ६ प्रतिशत दरका कुल १० लाख २० हजार ९९०.८५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स