सेयर बजार प्रतिकूल नीतिहरू संशोधन गरेर लगानी कर्ताको विश्वास जगाउने अर्थमन्त्री डा.महतको आश्वासन

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर बजारमा विश्वास जगाउन राष्ट्र बैंकका बजार प्रतिकूल नीतिहरू संसोधन गर्ने बताएका छन् । डा. महतल आज सोमबार लगानीकर्ताहरूसँगको भेटमा सो कुरा बताएका हुन् ।

‘राष्ट्र बैंकले लिएको कतिपय नीतिका कारण सेयर बजारका लगानीकर्ताको सेन्टिमेन्ट बिग्रिएको छ,’ उनले भने ‘ती विषयमा यथासम्भव सुधारका लागि राष्ट्र बैंकसँग प्रारम्भिक चरणको छलफल भइसकेको र अब विस्तृत छलफल गरी आवश्यक निर्णयमा लिन सकिन्छ ।’

‘लगानीको माहौल सकारात्मक छैन । यसलाई पोजिटिभ सेन्टीमेन्टमा ढाल्नुपर्ने मुख्य चुनौति छ,’ उनले थपे ‘सबैतिर निराशाको मात्र कुरा गर्दा त्यही दिशातर्फ अर्थतन्त्र उन्मुख हुने जोखिम बढ्छ,’ त्यसकारण यसलाई सकारात्मक बाटोमा लानुपर्छ ।’

त्यसमा सेयर बजारको भूमिका महत्वपूर्ण छ । यसमा संस्थागत समस्या होस् या राष्ट्रबैंकका कतिपय नीतिले प्रभाव पारेको कुरा नै किन नहोस्, सबै प्रतिकूल नीतिहरु पनि संसोधन हुन्छ । अन्य नीतिगत कुराहरुलाई पनि मध्यनजर गरी सम्बन्धित सबैसँग छलफल गर्छौ र सेयर लगानीकर्ताको मनोबल समेत उकास्ने खालका व्यवस्था लिएर आउँछौं ।’

अर्थमन्त्री डा.महतले भने–‘सेयर बजारलाई अप्ठ्यारो पारेको नीतिगत कुराको संसोधनका लागि राष्ट्रबैंकसँग प्रारम्भिक कुरा भइसकेको छ । व्यक्तिगत रुपमा कसलाई लाभ हानी भन्दा पनि समग्रमा अर्थतन्त्र चलायमान गराउनका लागि के गर्नुपर्छ त्यसमा हामी तयार छौं ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स