मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै कति पर्यो आवेदन ?

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओमा पहिलो दिनमै २.६५ गुणा बढी आवेदन परेको छ ।

आइतबार साँझ ५ः११ बजेसम्ममा ३ लाख १५ हजार ६३२ आवेदकबाट ३५ करोड ४५ लाख ३० हजार रुपैयाँ बराबरको ३५ लाख ४५ हजार ३०० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्ल्यिरिङले जनाएको छ ।

जुन सर्वसाधारणलाई निष्कासन गरेको १३ लाख ३७ हजार ३०२ कित्ता सेयरको २.६५ गुणा बढी हो ।

कम्पनीले सर्वसाधारणका लागि आज चैत १९ गतेदेखि २२ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो ।

जसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ । यो मध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १३ लाख ३७ हजार ३०२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसअघि यस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरिसकेको छ ।

उक्त सेयरमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले सी९आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले मकर जितुमाया सुरीको आइपीओलाई औसत जोखिम आधार जनाउने ‘केयर एनपी डबल बी’ रेटिङ दिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स