नेप्सेमा किसान लघुवित्तको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन गरिदिएको छ ।

कम्पनीले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।

जसअनुसार, लघुवित्तको ७ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम ६६५ रुपैयाँका आधारमा नेप्सेले ७ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ६१२.१५ रुपैयाँ कायम गरेको छ ।

योसँगै, अब नेप्सेले समायोजन गरेको मूल्यका आधारमा सोमबार बाट कारोबार हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स