काठमाडौं । आइतबार, नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ अंक विन्दुमा आइपुगेको छ ।
आज ३७ लाख ८७ हजारको कित्ता सेयर १ अर्ब २० करोड ७१ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८९ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, कालिन्चोक दर्शन लिमिटेडको सेयरमा ९.९६ प्रतिशतको सर्किट लागेको छ । सिटिजन्स् म्युचुअल फण्ड-१ को ६.१०%, जिवन विकास लघुवित्तको ४.८७%, एनआइसी एशीया फ्लेक्सी क्याप फण्डको २.५१% र श्वेत गंगा हाइड्रोपावरको २.५० प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, स्वाभिमान लघुवित्तमा ९.६१%, प्रभु बैंकको डिभेन्चरको ९.६०%, कालिका लघुवित्तको ७.४९%, विजय लघुवित्तको ६.६९%, माया खोला हाइड्रोपावरको ६.०२ प्रतिशतले सेयर मूल्य घटेको छ ।