एनआईसी एसिया बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख ८७ हजारको कित्ता सेयर १ अर्ब २० करोड ७१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८९ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआईसी एसिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ५१ लाख, रिडी पावरको ३ करोड ७३ लाख, हिमालयन डेष्टिलरीको २ करोड ५२ लाख र नेपाल रि इन्स्योरेन्सको २ करोड ४५ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स