मोदी इनर्जीको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । मोदी इनर्जी लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले चैत १७ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्कासन गरेको सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले फागुन २५ गतेदेखि चैत ९ गतेसम्म वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेकोमा सो समयभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलार्य आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ४ करोड ३५ लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता सेयरमध्ये ४ लाख ३५ हजार कित्ता सेयर बाँडफाँट गरेको हो ।

आईपीओ बाँडफाँट सम्बन्धी विवरण हेर्न कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको वेबसाइट https://www.sunrisecapital.com.np/ र सिडिएसले आईपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मार्फत हेर्न सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स