यस्ता छन् आज सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ अंक विन्दुमा आइपुगेको छ ।

आज २७ लाख ५० हजारको कित्ता सेयर ८९ करोड ९५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ५८ हजार रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डेष्टिलरीको ३ करोड १२ लाख, जीवन विकास लघुवित्तको २ करोड १४ लाख, एनआईसी एसिया बैंकको २ करोड १३ लाख र नबिल बैंकको २ करोड ४ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स