बन्दीपुर केबलकारले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट

काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणको लागि प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य दरका २५ लाख २८ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्रीमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।

नेपाल एसबिआई मर्चेन्टको काठमाडौंको हात्तीसारस्थित कार्यालयमा आज आयोजित एक समारोहबीच बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेन्टबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकारका तर्फबाट अध्यक्ष रामचन्द्र शर्माले हस्ताक्षर गरेका छन्।

नेपाल एसबिआई मर्चेन्ट नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स