नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा महेश शर्मा ढकाल र जगदीश दाहाल नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को सञ्चलक समितिमा दुईजना सञ्चालकको नियुक्ति गरिएको छ।

एनसीएचएलको संचालक समितिमा वाणिज्य बैंकहरुका तर्फबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल नियुक्त भएका छन भने स्वतन्त्र सञ्चालकमा अधिवक्ता जगदीश दाहाल नियुक्त भएका हुन् ।

एनसीएचएलको चैत्र १४ गते बसेको २०६ औं संचालक समितिको बैंठकले उनीहरुलाई संचालकमा नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मार्फत प्रवद्र्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था छ ।

एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स