नेपालको पुँजी बजारका लागि बनाइएका नीति नै कमजोर छ : अध्यक्ष रमेश हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपालको पुँजी बजारका लागि बनाइएका नीति नै कमजोर रहेको बताएका छन् । बुधबार नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघको संयुक्त आयोजनामा भएको लगानीकर्ता अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष हमालले यस्तो बताएका हुन् ।

‘नेपालको पुँजी बजारका लागि बनाइएका नीति नै कमजोर छ । बिना अध्ययनका नीति बनाइएको छ । यो सबै समस्यालाई समाधान गर्न हामिले एकजुट भएर काम गर्नु पर्छ ।’ उनले भने, ‘कार्यन्वयनमा एकमत नहुँदा विकास सुस्त भएको हो । अब मेरिट बेसिस नीति निर्माण गर्नु पर्छ । रिसर्चको आधारमा नीति निर्माण गर्नु बोर्ड तयार छ तर त्यसको लागि सरकार सहमति दिन सक्ने अवस्थामा छैन ।’

‘लगानीकर्ताको आवाज र माग नै मेरो पनि हो, अध्यक्ष हुने दौडमा सरकारलाई बुझाएको भिजन पनि लगानीकर्ताको माग सम्बोधन गर्ने प्रकारकै थियो तर, माटो सुहाउँदो नीतिनिर्माता हुनु पर्ने बाध्यता रहँदा भिजन अनुसारको काम गर्नु समस्या भइरहेको छ’ उनले बताए ।

हमालले ब्रोकर कमिसन समयानुकूल घटाइने बताएका छन्। पुँजीबजारमा ब्रोकरको संख्या १०० वटा पुर्याइने पनि बताए। ‘अहिले ५० वटा ब्रोकर छन्, बजारको आकार ठूलो हुँदै गएको छ’, उनले भने, ‘त्यसैले ब्रोकर संख्या १०० पुर्याउने सेबोनको योजना छ।’

‘ब्रोकर कम्पनीहरु सक्षम हुनु अति आवश्यक हुन्छ । त्यसैले बोर्डले ५ वटा मापदण्ड तोकेर नयाँ मौका दिएको छ। नयाँ ब्रोकर र स्टक आउँदा पुँजीबजारमा स्वच्छ प्रतिस्पर्धा हुन्छ ।’ उनले भने, ‘बजारको विकास र लगानीकर्ताको हितका लागि बोर्डको पहिलो कदममै अवरोध आयो । तर बोर्डले आफ्नो कदम पछि नसार्ने । वास्तविक र वस्तु परक पुजिबजार निर्माण गर्नु बोर्डले मेरिट बेसिस नीति निर्माण गर्नु खोजेको हो । ’

उनले जनताले तिरेकै करले सरकार र बोर्ड चलेको तर जनतालाई सेवा दिन भने ढिलो गर्नु अस्वाभाविक हो । यस्तो प्रवृत्तिलाई बोर्डले हटाउने प्रयास गरिरहेको बताए।

उनले स्वच्छ प्रतिस्पर्धाले मात्रै बजार अटो मोडमा जाने बताए । ‘कस्ट अफ ट्रेडिङ घटाउने र सहज सेवा उपलब्ध गराउने बोर्डको उदेश्य हो । बजारलाई ससत्र बनाउन ब्रोकरको क्षमता बढाउनै पर्छ ’,उनले भने ।

‘अहिलेको स्टक पुँजी बजार र लगानीकर्ताको आवश्यकता पूरा गर्ने क्षमताको छैन । क्षमता विकासको लागि अहिलेको सरकारी सस्थानलाई सुधार्नु गर्हो हुने । नेप्सेको रिफम गर्नु नसक्ने भएर नै निजि स्वामित्वको स्टकको अवश्यक परेको हो । अस्थिर नितिले लगानीकर्ता मात्रै नभएर समग्र पुँजी बजार प्रभावित भइरहेको छ ’, उनले बताए ।

ब्रोकर कमिसन घटाउन बोर्ड सकारात्मक छ, तर नीति निर्देशन संसोधन गर्न सरकार तयार नभएको पनि बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स