काठमाडौं । बुधबार, नेप्से परिसूचक १.०२ अंकले बढेर १९१९.४२ अंक विन्दुमा आइपुगेको छ ।
आज २५ लाख ३९ हजारको कित्ता सेयर ८१ करोड ६२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११४ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सुपर माई हाईड्रोपावरमा १०%, कालिन्चोक दर्शनमा ९.९९ प्रतिशतको सकारात्मक सर्किट लागेको छ।
धौलागिरी लघुवित्तमा ५.१७%, स्वावलम्बन लघुवित्तमा ३.९५%, सिटिजन म्युचुअल फण्ड २मा ३.८८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, खप्तड लघुवित्तको ४.४१%, एनएलजी इन्स्योरेन्स कम्पनीको ३.३४% , श्रीजनशील लघुवित्तको ३.३०%, सूर्या ज्योति लाइफको ३.१३%, आरम्भ लघुवित्तको ३.०१ प्रतिशतले सेयर मूल्य घटेको छ ।