काठमाडौं । मंगलबार, नेप्से परिसूचक १२.१० अंकले बढेर १९१८.१० अंक विन्दुमा आइपुगेको छ ।
आज ४० लाख ७७ हजारको कित्ता सेयर १ अर्ब ४४ करोड ३७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६७ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सुपरमाई हाइड्रोपावरमा १०%, सिर्जनशील लघुवित्त र एशियन हाइड्रोपावरको सेयरमा ९.९९ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, महिला लघुवित्तमा ८.९२%, नेरुडे लघुवित्तको ७.९७ प्रतिशतले सेयर मूल्य बढेको छ ।