काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।
मंगलबार, नेप्से परिसूचक १२.१० अंकले बढेर १९१८.१० अंक विन्दुमा आइपुगेको छ ।
आज ४० लाख ७७ हजारको कित्ता सेयर १ अर्ब ४४ करोड ३७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६७ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड १५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डेष्टिलरीको ५ करोड ९७ लाख, शिवम् सिमेन्ट्सको ४ करोड ९२ लाख, एनआईसी एसिया बैंकको ४ करोड ३६ लाख र अपी पावरको ३ करोड ५२ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।