भूगोल इनर्जी डेभलपमेन्टको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ। बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले चैत १२ गते सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले फागुन ८ गतेदेखि चैत ७ गतेसम्म जारी पुँजी ५४ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको सेयर जारी गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका ५ लाख ४४ हजार ५३ कित्ता साधारण सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र नौमुले द्वारी-३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ७२ हजार २६ कित्ता सेयर तथा आयोजना प्रभावित क्षेत्र दैलेख जिल्ला (नौमुले द्वारी ३ बाहेक) का स्थानीय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता सेयर बिक्री खुला गरेको थियो ।

आईपीओको नतिजा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइट https://www.nicasiacapital.com/ र सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट संचालित वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स