काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) साताको दाश्रो दिन १७.७० अंकले बढेर १९०६.०० विन्दुमा पुगेकोे छ ।
सोमबार २६१ कम्पनीहरुको सेयर ३६ हजार ९८० पटक कारोबार भएको छ । ४३ लाख ८ हजार ६४५ कित्ता सेयर खरिदबिक्री भई एक अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १६८ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको सेयर मूल्य घटेको छ ।
हिजो आइतबार बोटलर्स नेपाल(तराई)को प्रतिकित्ता सेयर मूल्य २४६ रूपैंयाँ १० पैसाले घटेर १२ हजार ९७ रूपैंयाँमा कारोबार भएको थियो । आज उक्त कम्पनीको प्रतिकित्ता सेयर मूल्य १२ हजार ३३९ रूपैंयाँमा कारोबार भएको छ । हिजो सर्वाधिक गुमाएको कम्पनीको आज प्रतिकित्ता सेयरको मूल्य २४२ रूपैंया बढेर दोश्रो बढी कमाउने कम्पनी भएको छ ।
आज राष्ट्रिया बीमा कम्पनीको प्रतिकित्ता सेयर मूल्य २४८ रूपैंयाँ बढेर १२ हजार ६५३ रूपैंयाँमा कारोबार भएको छ । हिजो उक्त कम्पनीको प्रतिकित्ता सेयर मूल्य १९३ रूपैंयाँ ५० पैसा घटेर १२ हजार ४ सय ५ रूपैंयाँमा खरिदबिक्री भएको थियो । हिजो गुमाएको सो कम्पनीले आज सर्वाधिक बढी कमाएको छ ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रमोटर सेयरको प्रतिकित्ता सेयर मूल्यमा आज २१५ रूपैंयाले बढेर १० हजार ९८१ रूपैंयाँमा कारोबार भएको छ । उक्त प्रमोटर सेयरको प्रतिकित्ता सेयर मूल्य हिजो १० हजार ७६६ रूपैंयाँमा खरिदबिक्री हुदाँ २१९ रूपैंयाँ २० पैसा घटेको थियो ।
त्यसैगरी महिला लघुबित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य हिजो २०१ रूपैंयाँ घटेर १ हजार ८२० रूपैंयामा कारोबार भएको थियो भने आज उक्त संस्थाको प्रतिकित्ता सेयर मूल्यमा ३० रूपैंयाँले बढेर १ हजार ८५० रूपैंयाँमा कारोबार भएको छ ।